रमझमशुक्रबार, मंसिर २६, २०७१
कपिल शर्माको कार्यक्रम नहुने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुरक्षाको कारण देखाउँदै कार्यक्रम रद्द गर्न निर्देशन दिएपछि कपिल शर्मालगायतका कलाकारहरुको प्रस्तुत रहने कार्यक्रम ‘काठमाडौं पर्पल फेस्ट’ रद्द भएको छ
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालका अनुसार रंगशाला मर्मत भइरहेको र त्यहाँ निर्माण सामग्री राखिएकाले सुरक्षाका दृष्टिकोणले कार्यक्रम नगर्न भनिएको हो ।
उनले भने, “रंगाशालामा रोडा–ढुंगा, रडजस्ता सामग्री राखिएको छ, हजारौंको भीड जम्मा हुने स्थानमा कसैले केही गरिदियो भने अतिथिकै सुरक्षा हुँदैन ।”
उनले यसअघि जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्नका लागि अनुमति नदिएको बताए । उनले कार्यक्रमको मिति र स्थान परिवर्तन भनिएको पनि जानकारी दिए ।
एनसेलले आयोजना गरेको कार्यक्रममा कलर्स च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’ का कपिल शर्मा, भारतीय गायक सोनु निगम, नेपाली कलाकारहरु सुगम पोखरेल, जितु नेपाल, विल्सनविक्रम राईलगायतको सहभागिता हुने बताइएको थियो ।
एनसेलले जिल्ला प्रशासन कार्यालयबाट कार्यक्रम नगर्न मौखिक निर्देशन आएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
