खेलकुदशनिबार, मंसिर २७, २०७१
महिला फूटबल प्रशिक्षक दर्लामीको निधन
दलार्मीको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा २६ मंसीरमा निधन भएको हो । ‘ब्रेन ह्याम्रेज’ भएपछि रौतहटबाट १२ दिनअघि काठमाडौं ल्याइएको दलार्मीको उपचारकै क्रममा निधन भएको हो ।
उनको शव रौतहट लगिएको छ । राष्ट्रिय स्तरका चर्चित महिला फुटबल खेलाडी अनु लामा, तेज गुरुङ, लक्ष्मी गौतम, पुनम जर्घालगायत उनकै उत्पादन हुन् । २०६० बाट नियमित प्रशिक्षण दिदै आएका दर्लामीले रौतहटमा तीन पटक राष्ट्रिय स्तरको महिला फूटबल प्रतियोगिता गराएका थिए ।
उनको ३ छोरा, २ छोरी र श्रीमती छन् । दर्लामीको उपचारका लागि सरकारले ५ लाख दिने निर्णय समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
