समाचारशनिबार, मंसिर २७, २०७१

सरकारी निर्णयको विरोध गर्दै चालकहरु आन्दोलनमा

हिमालखबर

सरकारले सार्वजनिक सवारी साधनलाई सुरक्षित र व्यवस्थित गर्न नियमावलीमा संशोधन गरेपछि कञ्चनपुरका चालकहरु यातायात ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

२६ मंसीरदेखि सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका चालकले दुर्घटनामा चालकलाई मात्रै दोषी देखाइएको, चालकको शैक्षिक योग्यताको मापदण्ड तोकिएको र चालकलाई हदैसम्मको कार्बाही गर्ने कानूनी प्रावधान लागू गरिएको भन्दै त्यस्तो नियम फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कञ्चनपुरका अध्यक्ष गणेशनाथ योगीले सरकारी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

चालकहरुको आन्दोलनका कारण सडकमा फाट्टफुट्ट रुपमा मात्रै सवारीका साधन सञ्चालन हँुदा यात्रुले हैरानी खेप्नुपरेको छ ।

महाकाली सेती बस व्यवसायी समिति र पवनदूत बस व्यवसायी समितिमा आबद्ध चालक आन्दोलनमा गएपछि लामो र छोटो दूरीका सवारी साधन चालकलाई स्थानीय प्रशासनले छलफलका लागि बोलाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>