थप समाचारआइतबार, मंसिर २८, २०७१

सौराहामा हात्ती आतंक

हिमालखबर

जंगली हात्तीले पछिल्लो दुई महीनामा चितवनको सौराहामा पाँच वटा घर भत्काएका छन् । हात्तीले रत्ननगरमा दुई वटा र बछौलीमा ३ वटा गरी पाँच वटा घर भत्काइसकेको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको हात्तीले बछौली–२ सौराहाकी मनरुपा सुवेदी र बछौली–६ का मगन चौधरीको घर भत्काएको छ ।

रोनाल्डो नामको हात्तीले विगत एक बर्ष देखि सौराहा र यस वरपरका गाउँमा दुःख दिदै आएको स्थानीयको भनाइ छ । साँझ परेपछि गाउँमा जंगली हात्ती आउन थालेपछि स्थानीय त्रासमा छन् ।

तर, अहिलेसम्म हात्तीबाट मानवीय क्षती भने भएको छैन । हात्तीले स्थानीयको बालिनाली तथा अन्नपात खाइदिने गरेको छ ।

सविता श्रेष्ट, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>