Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तस्कर र प्रहरीबीच गोली हानाहान - Himalkhabar.com

थप समाचारसोमबार, मंसिर २९, २०७१

तस्कर र प्रहरीबीच गोली हानाहान

हिमालखबर

अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्ज र लागुऔषध कारोबारीबीच २९ मंसीर बिहान सुगौली विर्ता गाविसमा गोली हानाहान भएको छ । नेपालबाट भारततर्फ लैजान लागिएको लागुऔषध प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।

नेपालबाट भारततर्फ लागुऔषध लैजान लागिएको पूर्व सूचनाका आधारमा प्रहरीले कारबाही गर्न खोज्दा तस्कर समूहले २५ राउन्ड गोली चलाएको र जवाफमा सानो तथा ठूलो हतियारबाट नौ राउन्ड गोली चलाई स्थिति नियन्त्रणमा लिएको अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी नायव निरीक्षक अरुण कुशवाहाले जानकारी दिए ।

प्रहरीले गरेको प्रतिकारबाट तस्करले ठूलो परिमाणमा चरेस घटनास्थलमा नै छाडी भागेको प्रहरीको भनाइ छ । बरामद गरिएका लागुऔषधको तौल हाल यकिन गर्न नसकिए पनि ४०० किलोभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>