थप समाचारसोमबार, मंसिर २९, २०७१
सिड्नीमा बन्दुकधारीद्वारा ४० जनालाई बन्धक
सिड्नीको एक क्याफेमा केही घण्टादेखि बन्दुकधारीले ग्राहक तथा क्याफेका कर्मचारीलाई बन्धक बनाएका छन् । अहिले क्याफेलाई अष्ट्रेलियन प्रहरीले वरिपरीबाट घेरेर राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
क्याफेभित्र ३० जना ग्राहक र १० जना कर्मचारी रहेका छन् । तीन जना भने बाहिर निस्कन सफल भएको संचारमाध्यमले जनाएका छन् ।
कालो झण्डा बोकेका बन्दुकधारीहरु आतंककारी हुनसक्ने अष्ट्रेलियन प्रहरीको अनुमान छ ।
अष्ट्रेलियन प्रधानमन्त्री टोनी एबटले सर्वसाधारणलाई नआत्तिन र सामान्य किसिमले आफ्ना दैनिक कामहरु गर्न आह्वान गरेको संचारमाध्यमले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
