थप समाचारसोमबार, मंसिर २९, २०७१

चिसो अझै बढ्ने

हिमालखबर

अरब सागरबाट पाकिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुका कारण मौसम बदली भई पानी पर्दा काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको थियो ।

“पश्चिमी वायुको प्रभाव सकिएर देशको मध्यभागमा मौसम सफा रहेपनि पश्चिमी र पूर्वी भेगका केही स्थानमा मध्याह्नपछि हल्का बादल छाएको छ, पश्चिमी वायु पुनः सक्रिय भएकाले यो समस्या आएको हो, २८ मंसीरको जस्तो ठूलो प्रभाव नपर्ने भएपनि केही दिन मौसम सामान्य बदली भई हल्का पानीसमेत पर्नेछ,” मौसमविद् राजाराम ढकालले भने ।

अरब सागरबाट अफगानिस्तान, जम्मु काश्मिर हुँदै नेपालको पश्चिमी भेगबाट पश्चिमी वायु प्रवेश गरेकाले क्रमशः मौसम बदली भई चिसो बढ्ने उनले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>