थप समाचारसोमबार, मंसिर २९, २०७१
मिर्गौला दिने पुरुषलाई रु.५० हजार
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ पत्नी, आमा र दिदीबहिनी लगायतले आफन्तलाई बचाउन मिर्गौला दिए पनि पतिले पत्नीलाई बचाउन समेत मिर्गाैला दिने वातावरण नबनेकाले यो कार्यक्रम शुरू गरिएको बताउँछन् ।
मिर्गौला प्रत्यारोपण गर्नेमध्ये ९० प्रतिशत पुरुष हुने र त्यसमा ८० प्रतिशत मिर्गौला महिलाको हुने केन्द्रको आँकडाले देखाएको छ । डा. श्रेष्ठ भन्छन्, “पति नहुँदा आफ्नो र बालबच्चाको अवस्था के होला भनेर पत्नीहरू मिर्गाैला दिन तयार हुन्छन्, तर पतिहरू चाहिं दुवैजना कमजोर भए परिवार कसरी चलाउने भन्दै पन्छिन खोज्छन् ।”
हिमाल ले अंग प्रत्यारोपणमा लैङ्गिक विभेद रहेकोबारे विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो (हे., जीवनदाता महिला, ३० चैत २०७० ।) केन्द्रमा अहिलेसम्म प्रत्यारोपण भएका ५५ मध्ये ६ जना महिला छन् भने ललितपुरस्थित निदान अस्पतालमा मिर्गौला दानका लागि परीक्षण गर्न आउनेमध्ये ८० प्रतिशत महिला हुने गरेको अस्पतालको आँकडाले देखाउँछ ।
मीना शर्मा
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
