Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिनियाँले भित्र्याउँदै गरेको २३ किलो सुन बरामद - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १, २०७१

चिनियाँले भित्र्याउँदै गरेको २३ किलो सुन बरामद

हिमालखबर

२३ किलो अवैध सुन बरामदतातोपानी नाकाबाट काठमाडौं ल्याउँदै गरेको २३ किलो अवैध सुन जगाती प्रहरी कार्यालय भक्तपुरले बरामद गरेको छ । स्याउ लोड गरेर काठमाडौं ल्याउँदै गरेको ना २ ख ५०५८ नम्बरको कन्टेनर भ्यान चेकजाँचको क्रममा सुन बरामद गरेको जगाती प्रहरी कार्यालयकी प्रमुख डीएसपी किरण राणाले जानकारी दिइन् ।

राणाका अनुसार विशेष सुराकीको आधारमा २९ मंसीर राति १ बजे कन्टेनर चेकजाँचको क्रममा अवैध सुन फेला परेको हो । “कन्टेनर चालकको पछाडि दाहिनेतर्फको झ्यालमा फल्स बटम बनाइ चाइनिज पत्रिकाले बेरेर लुकाएको अवस्थामा सुन फेला परेको हो,” डीएसपी राणाले बताइन् ।

प्रहरीले कन्टेनरसँगै चालक, सहचालक र एक जनालाई नियन्त्रणमा लिएका छन् । चालकले सोधपुछको क्रममा कन्टेनर भ्यान सिन्धुपाल्चोक तातोपानीका घ्यालसेङ शेर्पाको भएको बताएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार एक चिनियाँ व्यक्तिले सुन भित्र्याउँदै गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>