थप समाचारमंगलबार, पौष १, २०७१
जिल्लाले पनि दिन थाल्यो १२ घण्टे सेवा
सरकारी सेवा जनतामाझ सहज रुपमा पु¥याउन भन्दै रुपन्देही जिल्लाले विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिन थालेको हो ।
२ पुसदेखि रुपन्देहीमा थालिएको यो सेवा अन्तर्गत जिल्ला प्रशासन कार्यालय र त्यस मातहतका इलाका प्रशासन कार्यालयका नागरिकता र राहदानी फाँट, जिल्ला मालपोत कार्यालयको रजिस्टे«सन, नापी कार्यालयको जग्गाको कित्ता छुट्याउने र यातायात कार्यालयबाट विहान १२ घण्टे सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले बताए ।
उनका अनुसार हालकै जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको हो । यी कार्यालयमा बिहानी सेवा सुरु भएको जानकारी पाएका सेवाग्राही बिहानै सेवा लिन पुगेका देखिन्थे ।
सेवा सञ्चालन तथा व्यवस्थापनका लागि बिहानैदेखि सामान्य प्रशासन मन्त्रालयका सचिव नइन्द्रप्रसाद उपाध्यायसहितको टोलीले ती कार्यालयको अनुगमन गरेको थियो । अनुगमनमा रहनुभएका सचिव उपाध्यायले सरकारको निर्णयअनुसार सरकारी सेवालाई छिटो छरितो र गुणस्तर बनाउन यस्तो कार्य प्रभावकारी हुने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
