थप समाचारबुधबार, पौष २, २०७१

बसको ठक्करबाट बालिकाको मृत्यु

हिमालखबर

kanchanpurसप्तरीको कञ्चनपुर–८ स्थित धर्मपुरामा २ पुस दिउँसो बसले ठक्कर दिंदा सडक छेउँमा बसिरहेकी कञ्चनपुर–७ रघुनाथपुरकी १२ बर्षीया सोनिया सदाको मृत्यु भएको छ ।

नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको ना.४ख १७७१ नम्बरको कालिका बसले दिएको ठक्करबाट बालिकाको घट्नास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सोनिया आफ्नी दुई बर्षीया बहिनी तथा आमा गोलिया देवीसँग सडक छेउमा घाम तापिरहेकी थिइन् ।

ठक्कर दिने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>