रमझमबिहीबार, पौष ३, २०७१

अधुराे सपना, ‘डिग्री माइला’

हिमालखबर

digri mailaयस्तै, कथा र व्यथा बोकेको एक युवकको कथा हो ‘डिग्री माइला’ नाटक । यसअघि २०६८ फागुनमा,  २०७० मंसीरमा मञ्चन भइसकेकाे याे नाटक फेरि २० मंसीरदेखि तेस्रो पटक अनामनगरस्थित मण्डला नाट्यघरमा मञ्चन भइरहेको छ ।

नाटकको मुख्य पात्र डिग्री माइला, जो स्नातकोत्तर तहको अध्ययन सकेर पनि त्यसलाई उपयोग नगरी बस्ने, सबैलाई सपना देखाउने र सपनालाई व्यवहारमा गति दिने बेलामा हराइदिने पात्रका रुपमा देखिन्छन् ।

गाउँको एउटा ढिस्कोमा जम्मा हुने, दुःखसुख र मजाकका कुरा गर्ने, योजनाहरु बुन्ने नाटकको पात्रहरुको एउटा बिम्ब हो । नाटकको पात्र ‘सपना’ सपना बुन्दिनन् तर स्वेटर भने जुनै बेला पनि बुनिरहेकी भेटिन्छे । डिग्री माइलाले गाउँलाई विकासको बाटोमा लैजाने र सबैलाई सुखी बनाउने सपना देखाउँछन् तर नाटकको अन्तिममा उनको मृत्यु हुन्छ ।

आफैँ चलचित्र तथा नाटकका कलाकारसमेत रहेका निर्देशक दयाहाङ राईले समाजमा आफूले देखे भोगेका कथालाई नाटकमा समेटेको बताउँछन् । नाटकमा डिग्री माइलाका रुपमा प्रदीपकुमार चौधरी छन् ।

सपनाको भूमिकामा सिर्जना सुब्बा छिन् भने अन्य कलाकारमा आर्जेश रेग्मी, आयुषा राई, दिलबन्धु यादव, सुलक्षण भारती, वाल्मिकी पोखरेल, मोहम्मद नाजिर हुुसेन, विकास जोशी, उमेश तामाङ, सोमनाथ खनाल, बुद्धि तामाङ, जुनु विष्ट र विजय बराल रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>