थप समाचारबिहीबार, पौष ३, २०७१

यौटा चरा धेरै कुरा

हिमालखबर

– दीपक ज्ञवाली

रुपन्देहीको गंगोलियामा पालिएका अस्ट्रिच।

रुपन्देहीको गंगोलियामा पालिएका अस्ट्रिच।

अहिले त्यही अस्ट्रिचको मासु र त्यसका अंगबाट बनेका सामान थप आकर्षण बनेका छन् रुपन्देहीको गंगोलियास्थित फार्मको।

पोशाक उत्पादनका लागि ट्यानिङ गरिएको अस्ट्रिचको छाला

पोशाक उत्पादनका लागि ट्यानिङ गरिएको अस्ट्रिचको छाला

मासु त मासु भइहाल्यो, अस्ट्रिचको प्वाँख र छालाबाट बन्ने आकर्षक पोशाक, अण्डाका खोलका सामग्री, बोसोबाट बन्ने तेलले धेरैलाई आकर्षित गरिरहेका छन्।

अस्ट्रिचको मासु र सजावटका सामग्री महँगा भएकाले यसका ग्राहक ठूला होटल, कार्यालय र पैसावालहरू नै हुन्।

यसको मासु प्रति किलो रु.२५०० सम्म पर्छ भने अण्डाको खोलबाट बनेका सजावटका सामग्रीहरूलाई रु.३ हजारदेखि रु.१० हजारसम्म।

यसरी नेपालमा अस्ट्रिचले व्यावसायिक सम्भावना देखाएपछि रुपन्देहीकै सूर्यपुरा र दाङ जिल्लामा पनि यसको फार्म विस्तार भएको छ।

अस्ट्रिच नेपाल प्रालिको गंगोलिया फार्ममा चार हजार अस्ट्रिच छन्।

उड्न नसक्ने यो चरा प्रतिघण्टा ८० किलोमीटरसम्म दौडन सक्छ भने ७ देखि पौने आठ फीटसम्म अग्लो हुन्छ। यसको वजन १५० देखि २५० किलोसम्म हुन्छ।

अस्ट्रिचको मासु (बायाँ),   अस्ट्रिचको बोसोबाट बनेको तेल (बीचमा) र अण्डाको खोलबाट बनाइएका सजावट बल्ब कभरहरु।

अस्ट्रिचको मासु (बायाँ), अस्ट्रिचको बोसोबाट बनेको तेल (बीचमा) र अण्डाको खोलबाट बनाइएका सजावट बल्ब कभरहरु।

सबै तस्वीर: दीपक ज्ञवाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>