अर्थ/बजारबिहीबार, पौष ३, २०७१

मनास्लु घुम्ने पर्यटक २४ प्रतिशतले बढे

हिमालखबर

manaslu trekविगतका वर्षमा भन्दा यस वर्ष मनास्लु पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटक धेरै आएको मनास्लु क्षेत्र संरक्षण आयोजनाले जनाएको छ ।

गोरखाको दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार हुँदै पर्यटक मनास्लु पदमार्गका लागि निस्कन्छन् ।

सन् २०१४ को अहिलेसम्म ५ हजार ५०० विदेशी पर्यटकले मनास्लु क्षेत्र घुमेको एमक्यापका प्रमुख राजकुमार गुरुङले जानकारी दिए ।

“नेपाली पर्यटकको हामीले तथ्याङ्क राख्ने गरेका छैनौँ”–उनले भने, “यस वर्ष ५ हजार ५०० विदेशीले मनास्लु पदमार्गको अवलोकन गरेका छन् ।”

“डिसेम्बरमा पनि पर्यटक आउने क्रम जारी रहेकाले पर्यटकको सङ्ख्या अझै बढ्छ,” उनले भने, “हाम्रो तथ्याङ्कअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै २ हजार ३३८ जना विदेशी मनास्लु हेर्न आएका छन् ।”

त्यस्तै नोभेम्बर महिनामा एक हजार १३० जना मनास्लु पुगेको एमक्यापले जनाएको छ । साथै दुई हजार २७८ जना महिला पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । पुरुषको सङ्ख्या भने तीन हजार २२० जना पुगेको छ ।

मनास्लु क्षेत्रमा स्वदेशी पर्यटक पनि ट्रेकिङ गर्न जाने क्रम बढेको उनले जानकारी दिए ।

मनास्लु क्षेत्रमा दुई उपत्यका (नुब्री र चुम) छन् । यस वर्ष नुब्री क्षेत्र मात्र ४ हजार १२ जनाले भ्रमण गरेका छन् भने चुम घुम्ने पर्यटक ४४५ मात्र छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>