Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अल्बानियाः बिल नतिर्ने मन्त्री निष्कासित - Himalkhabar.com

थप समाचारबिहीबार, पौष ३, २०७१

अल्बानियाः बिल नतिर्ने मन्त्री निष्कासित

हिमालखबर

dianabejko1
अल्बानियाली वातावरण सहायकमन्त्री डायना बेज्कोलाई प्रधानमन्त्री एडी रामाको आदेशबाट निष्कासन गरिएको अल्बानिया डेली न्युजले जनाएको छ ।

कयौँ महिनासम्म विद्युत् महसुलको बिल भुक्तानी नगरेकाले अल्बानियाकी सहायकमन्त्री डायना बेज्कोलाई त्यहाँका प्रधानमन्त्रीले पदबाटै निष्कासन गरेका छन् ।

उत्तरपश्चिम अल्बानियाको भेलिपोजा समुन्द्र किनारमा रहेको उनको दोस्रो घरमा खपत भएको विद्युत् आपूर्ति महसुलका बिल महिनौँसम्म भुक्तान नगरिएको तथ्य विद्युत् वितरण निकाय (ओएसएचइई)ले पत्ता लगाएको थियो ।

यद्यपि उक्त विद्युत् महसुलको रकम धेरै ठूलो नभए तापनि सरकार प्रमुखलाई कारबाही गर्नबाट रोक्न सकेन ।

प्रधानमन्त्री रामाले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा सार्वजनिक उच्चपदमा रहेका व्यक्तिले विद्युत् महसुल भुक्तानी नगरेको सम्बन्धमा कुनै न्यायिक कारण नभेटिएको उल्लेख गरेका छन् ।

अल्बानियाको उत्तरपश्चिम सहर स्कोड्रामा समाजवादी पार्टीका तर्फबाट विजयी सांसद बेज्कोलाई सहायक मन्त्री बनाइएको थियो ।

बेज्कोले भने विद्युत् महसुलमा भुक्तानी नगरेका कारण नभई अन्य कारणबाट आफूलाई पदमुक्त गरेको दाबी गरेकी छन् ।

यस्तै अल्बानियाले अन्य सरकारी कर्मचारीहरू कसैले विद्युत् महसुल तिर्न बक्यौता राखेका छन् भन्ने विषयमा मन्त्री परिषद्ले एक कार्यदलसमेत गठन गरेको छ ।
सिन्ह्वा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>