थप समाचारबिहीबार, पौष ३, २०७१

अतिरक्त सिट राख्ने सवारी साधनलाई कार्वाही

हिमालखबर

धनकुटा प्रहरीले सार्वजनिक सवारी साधनहरुबाट जफत गरेका अतिरिक्त सिटहरु । तस्वीरः सन्तोष रुचाल

धनकुटा प्रहरीले सार्वजनिक सवारी साधनहरुबाट जफत गरेका अतिरिक्त सिटहरु । तस्वीरः सन्तोष रुचाल

धनकुटा प्रहरीले धरान–धनकुटा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनहरुमा रहेका अतिरिक्त सिटहरु कब्जामा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले ३ पुसमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार इजाजत लिएभन्दा बढी सिटहरु जडान गरी क्षमता भन्दा बढी यात्रु बोकेका ३० ओटा बस तथा माईक्रोबसबाट सानो सिट ५६ ओटा, लामो सिट १३ ओटा र मुढा ४ वटा निकालेर कब्जामा लिईएको छ ।

गाडीबाट अतिरिक्त सिट नै झिक्ने अभियान नेपालमै पहिलोपटक धनकुटामा शुरु गरिएको प्रहरी उपरीक्षक प्रदीपकुमार श्रेष्ठले बताए ।

त्यसैगरी प्रहरीले क्षमता भन्दा बढी यात्रु बोक्ने र बिना अनुमति अतिरिक्त सिट थप गर्ने ५३ ओटा बस तथा माइक्रोबसहरुलाई कारवाही गरी ४२ हजार ५ सय जरिवाना गरेको छ ।

धनकुटामा यस वर्ष भएका १५ ओटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाईते र ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>