रमझमबिहीबार, पौष ३, २०७१
‘बोक्सी’को विषयमा नेपाली फिल्म
महिला हिंसाको विरुद्धमा निर्माण गरिएको चलचित्र ‘रक्तभोग’को प्रोमो सार्वजनिक भएको छ । ३ पुसमा राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले चलचित्र ‘रक्तभोग’को पोष्टर सार्वजनिक गरिन् ।
चितवनको माडीमा ५ फागुन २०६८ मा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवीको घटनामा आधारित भएर चलचित्र ‘रक्तभोग’ निर्माण गरिएको निर्माता रामचन्द्र लम्सालले जानकारी दिए । निर्देशक बीबी फूयाँलले यथार्थ घटनामा आधारित चलचित्रको अधिकांश दृष्य वास्तविक घटनास्थलमै खिचिएको बताए ।
केआर फिल्मस एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा भइरहेको निर्माता लम्सालले बताए । रु.४० लाखको लागतमा बनेको चलचित्रमा सारिका घिमिरे, रचना पौडेल, पोदराज पौडेल, सैलेस पौडेल, भुवन नेपाली लगायतले अभिनय गरेका छन् ।
यस्तो छ नेपाली कथानक फिल्म ‘रक्तभोग’को प्रोमो
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
