थप समाचारशुक्रबार, पौष ४, २०७१
अष्ट्रेलियाः एउटै घरबाट ८ बालबालिकाको शव बरामद
अष्ट्रेलियाको उत्तरी क्विन्सल्याण्ड, केयर्न्सस्थित एक घरबाट छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा ८ बालबालिकाको शव बरामद भएको छ ।
मृतक सबै १८ महिनादेखि १५ वर्ष उमेर समूहका छन् । छुरा प्रहारबाट घाइते एक ३४ वर्षीया महिलालाई पनि अस्पतालमा भर्ना गरिएको छ ।
अहिलेसम्म बालकहरु र महिलाबीचको सम्बन्ध पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । यद्दपी प्रहरीले महिलाको अवस्था गम्भर तर, स्थिर रहेको र उनले अनुसन्धानमा सहयोग गरेको बताएको छ ।
प्रहरीले केयन्र्समा एक महिला गम्भीर घाइते भएको सूचना पाएपछि त्यहाँ पुग्दा बालकहरुको शव भेटिएको जनाएको छ ।
बालकहरु किन मारिए भन्ने बारेमा प्रहरीले अझै केही खुलाएको छैन, उनीहरु एउटै परिवारका बालबालिका हुन् वा होइनन् भन्ने बारे खुलिनसकेको प्रहरीले जनाएको छ ।
हत्या भएको स्थान अष्ट्रेलियाका आदिवासी ‘अवोर्जिनल’ बहुल र उच्च अपराध दर भएको स्थान मानिन्छ ।
रोयटर्स
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
