थप समाचारशुक्रबार, पौष ४, २०७१

सावधान ! एसएमएसमा विश्वास नगर्नुहोला

हिमालखबर

सावधान ! एसएमएसमा विश्वास नगर्नुहोलानेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई मोबाइलमा आउने ‘स्पाम’ एसएमएसबाट साबधान हुन आग्रह गरेको छ । ४ पुस बिहानैदेखि टेलिकमका सिम प्रयोगकर्ताको मोबाइलमा ‘यौन प्रस्ताव’ सहितको एसएमएस आउन थालेपछि टेलिकमले साबधान हुन आग्रह गरेको हो ।

टेलिकम प्रवक्ता मधुसुदन कर्माचार्यले मोबाइलमा त्यस्ता एसएमएस ठग्ने नियतले पठाइने गरेको बताए । “टेलिकमको फायरवाल सिष्टम छलेर स्पाम एसएमएस सेवाग्राहीसम्म पुग्ने गरेको छ,” प्रवक्ता कर्माचार्यले भने, “त्यस्ता एसएमएसको कसैले पनि रेस्पोन्स नगर्नुहोला ।”

उनका अनुसार केहीदिन अघिसम्म पनि ठग्ने नियतले त्यस्तै प्रकारका एसएमएस पठाउने गरिएको थियो । “ती आईपी नम्बर पत्ता लगाएर रोकेसँगै फेरि नयाँ आईपी नम्बरबाट एसएमएस पठाउन थालिएको छ,” उनले भने ।

उनले स्पाम रोक्न टेलिकमको सिस्टमा बलियो फायरवाल राख्ने प्रक्रिया चलिरहेको जानकारी दिए ।

टेलिकमका सिमकार्ड प्रयोगकर्ताको मोबाइलमा ४ पुस बिहानदेखि ‘यौन प्रस्ताव’ सहितको एसएमएस आउन थालेको हो । +४४७४००३४७७९८ नम्बरबाट पठाइने एसएमएसमा “काठमाडौं उपत्यकाभित्र किशोर किशोरीहरु व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्, थप जानकारीका लागि ९८०८९६९९२१/९८०८९७०१११ मा फोन गर्नुहोला,” लेखिएको छ ।

यसअघि, ‘तपाइँ आफ्नो प्रेमलाई भेट्न चाहनुहुन्छ भने…’, ‘मायालु युवतीसँग कुरा गर्न चाहनुहुन्छ भने…’ जस्ता सन्देश आउने गरेका थिए ।

त्यस्ता एसएमसहरुको जवाफ दिंदा मोबाइलमा भाइरस लाग्ने, मोबाइलमा भएका डेटाहरु तेस्रो व्यक्तिसम्म पुग्ने र मोबाइलको पैसा एक्कासी धेरै काटिने जस्ता समस्या आउने गरेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>