Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एकै स्थानमा ३९ जनाको मृत्यु हुँदासमेत सम्बन्धित निकाय मौन - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष ४, २०७१

एकै स्थानमा ३९ जनाको मृत्यु हुँदासमेत सम्बन्धित निकाय मौन

हिमालखबर

जापानी सहयोग नियोग (जाइका) ले २०१७ सालमा माकलबारी र नेपाल मेडिकल कलेज अत्तरखेल आसपासका क्षेत्रमा सिँचाइ गर्न भनी वाग्मती नदीमा सो बाँध बनाएको थियो । तर, हाल उक्त क्षेत्रका जमिन प्लटिङ गरी खेतीयोग्य जमिन घडेरी र घरमा परिणत भइसकेका छन् ।

पछिल्लो १० वर्षयतामात्रै उक्त बाँधमा डुबेर र खसेर २० भन्दा बढीको मृत्यु भइसकेको छ । ४ पुष बिहानमात्रै बाँधमाथिको पुल तर्ने क्रममा स्थानीय शिव गिरीको लडेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

गिरी जस्तै उक्त ठाउँमा स्थानीय गोकर्ण, माकलबारीलगायत क्षेत्रका झन्डै ३९ जनाले ज्यान गुमाइसकेको स्थानीय अधिवक्ता मदन घिमिरे बताउँछन् ।

बारम्बार बाँधमा परी स्थानीयवासीको मृत्यु हुनथालेपछि बाँध व्यवस्थित गर्न स्थानीय गोकर्णेश्वर उपभोक्ता समिति र मितेरी क्लबले पटक–पटक अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिलाई लिखित र मौखिक जानकारी गराउँदासमेत समितिले बेवास्ता गर्दै आएको स्थानीय उदय सापकोटाले बताए ।

“खेतीयोग्य जमिन सबै घरघडेरीमा परिणत भइसकेको अवस्थामा बाँध राखिराख्नुको कुनै औचित्य छैन, यसलाई कि त भत्काउनुपर्‍यो, कि त व्यवस्थित गरी वरिपरि तारबार गरी सुरक्षित बनाउनुप¥यो” विकास गुरुङले आक्रोश पोखे ।

पटक–पटक स्थानीय बासिन्दा बाँधमा पर्न थालेपछि स्थानीयवासी आफैँको सक्रियतामा बाँध व्यवस्थित गर्न जुटे पनि वाग्मती सभ्यता एकीकृत समितिले अवरोध गर्दै आएको बताउँछन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक राजेशप्रसाद सिंहले अहिले सो बाँधको स्वामित्व सिँचाइ विभागसँग भएको जानकारी दिँदै बाँध भत्काउन वा सुरक्षित बनाउन सिँचाइ विभागको स्वीकृत चाहिने बताए ।

यता मध्यमाञ्चल सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर पूर्णबहादुर खड्काले आफूले बजेट छुट्याएको ठाउँमा मात्रै काम गर्ने बताउँदै उक्त बाँध मर्मत र व्यवस्थित गर्न कुनै बजेट र कार्यक्रम नपारिएको र बाँधबारे आफू अनभिज्ञ रहेको बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>