थप समाचारशुक्रबार, पौष ४, २०७१

महिला सिटमा बस्ने ३४५ जना नियन्त्रणमा

हिमालखबर

तस्वीर साभार: अनलाइनखबर

तस्वीर साभार: अनलाइनखबर

काठमाडौंमा ट्राफिक प्रहरीले बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन गरेको अभियानमा बौद्ध, थापाथली, थानकोट, विमानस्थल, कमलपोखरीजस्ता स्थानबाट महिला सिटमा बस्ने पुरुषहरुलार्ई नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक वसन्त पन्तले महिलालाई आरक्षित ठाउँमा बस्ने पुरुषलाई नियन्त्रणमा लिएर ट्राफिक सचेतना दिएर छाडिएको बताए ।

कतिपय अवस्थामा अन्जानमै पुरुष महिला सिटमा बस्ने र कतिपय अवस्थामा जानीजानी नै बस्ने गरेकाले उनीहरुलाई पर्याप्त जानकारी दिने र आगामी दिनमा यस्ता कुरामा सचेत गराउने उद्देश्य अभियान सञ्चालन गरिएको उनले बताए ।

नियन्त्रणमा लिइएका पुरुषलाई नजिकैको प्रहरी चौकीमा लगेर सचेतना कक्षा दिइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>