रमझमशुक्रबार, पौष ४, २०७१
सातौं आरोहणको तयारी

माउण्ट किलिमञ्जरो आरोहणका क्रममा सेभेन समिट महिला टोली दक्षिण अफ्रिकी अभिनेत्रीसँगै ।
पूजना आचार्य, शैली बस्नेत, माया गुरुङ, आशाकुमारी सिंह, निमाडोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठको आरोहण टोली माउन्ट भिन्सन मस्सिफ आरोहणपछि सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्ने विश्वकै पहिलो महिला टोली बन्नेछ।
यो समावेशी टोलीले २००८ मा सगरमाथा, २०१० मा अष्ट्रेलियाको कोसिअस्को र रुसको एलब्रस, २०१३ मा तान्जानियाको किलिमञ्जरो, २०१४ मा दक्षिण अमेरिकाको अकोन्कागुआ र अलस्काको डिनाली आरोहण गरेको थियो।
सगरमाथा आरोहणका क्रममा भेट भएपछि सात महादेशका सातै चुचुरा चढ्ने योजना बनाएका टोलीकी सदस्य शैली भन्छिन्, “सगरमाथा चढेपछि हाम्रो आफ्नै सपना पूरा गर्न र अरुलाई पनि प्रेरणा होस् भनेर ‘सेभेन समिट’ योजना बनायौं।”
यो टोलीमाथि बनेको फिल्म ‘होल्डिङ अप स्काई’ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा २७ मंसीरमा प्रदर्शन भएको छ। जेम्स गियमब्रोन र रस परस्यो निर्देशक रहेको फिल्ममा टोलीको माउन्ट किलिमञ्जरो आरोहण हेर्न पाइन्छ।
फिल्ममा दक्षिण अफ्रिकाकी अभिनेत्री ल्हुबी बोया पनि टोलीमा संलग्न भएकी छन्। आरोहणपछि टोलीका सदस्यहरुले तान्जानियाका विद्यालयहरुमा यात्रा अनुभव सुनाएका दृश्यहरु पनि छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
