Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'विद्यार्थीले पुनः परीक्षा दिन सक्छन्' - Himalkhabar.com

अन्तर्वार्ता/विचारशुक्रबार, पौष ४, २०७१

‘विद्यार्थीले पुनः परीक्षा दिन सक्छन्’

हिमालखबर

२५ मंसीरमा पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले एसएलसीमा सहभागी कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने निर्णय गरेको बारे परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे सँग गरिएको कुराकानीः

'विद्यार्थीले पुनः परीक्षा दिन सक्छन्'एसएलसीमा सहभागी विद्यार्थी अनुत्तीर्ण नहुने व्यवस्था किन गरिएको हो?मार्कसीटमा ‘उत्तीर्ण’ र ‘अनुत्तीर्ण’ नभनी परीक्षामा सहभागी सबै विद्यार्थीको ग्रेडिङ गर्छौं। ९० प्रतिशतभन्दा माथिलाई ‘ए+’, ८०–८९ लाई ‘ए’, ६०–७९ लाई ‘बी’, ४५–५९ लाई ‘सी’, २५–३९ लाई ‘डी’ र २४ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘ई’ ग्रेड दिन्छौं। यो नियम यस वर्ष प्राविधिक एसएलसी सञ्चालन गरेका ९९ वटा विद्यालयमा मात्रै लागू हुन्छ, २०७२ देखि भने सबै विद्यालयमा लागू गर्छौं।

४०–४५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा त धान्न धौ–धौ परेका बेला उच्च माविहरुले यत्रो भार थेग्न सक्लान्?

यो कलेज सञ्चालकहरूले सोच्ने विषय हो। एसएलसीमा ग्रेडिङ सिस्टम लागू भएपछि स्वाभाविक रुपमा कलेजहरूले यो प्रणाली पछ्याउँछन्। भारत, भूटान लगायतका देशहरूमा ग्रेडिङ सिस्टमले समस्या ल्याएको छैन।

यसको असर र प्रभाव कस्तो होला?

एउटा विषयमा कमजोर भए पनि बाँकी विषयमा राम्रो अंक ल्याउने विद्यार्थीका लागि यो उत्तम प्रणाली हो। एउटा विषयमा ‘ई’ आए पनि समग्र ग्रेड राम्रो आउन सक्छ। एसएलसीलाई हाउगुजी बनाइयो भन्नेहरूको मुख थुनिन्छ, अनुत्तीर्ण भएकै कारण हुने आत्महत्या रोकिन्छ, अस्वस्थ प्रतिस्पर्धा पनि घट्छ।

शैक्षिकस्तर राम्रो देखाउन यस्तो गरिएको हो?

‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीलाई देखाएर सरकारले शतप्रतिशत नतीजा आयो भन्न मिल्दैन। तल्लो ग्रेड पाएका विद्यार्थीले पूरक वा पूरै विषयको पुनः परीक्षा दिएर पनि आफ्नो ग्रेड सुधार गर्न सक्छन्।

एसएलसी बाहेक अन्य तहमा पनि यो व्यवस्था लागू हुन्छ?

२०७२ मा सबै विद्यालयमा लागू भएपछि क्रमशः कक्षा ९, ८, ७, ६, ५ मा लागू गर्दै जाने योजना छ। यसबीचमा सम्बद्ध सबै निकायसँग छलफल गर्छौं।

साप्ताहिक खबरपत्रिका हिमालबाट

 

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>