थप समाचारशुक्रबार, पौष ४, २०७१

बजेट बनाउँदा हँसिला बालबालिकाको मुहार सम्झिनु: सत्यार्थी

रासस

kailash satyarthiसन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थीले बजेट निर्माण गर्दा हँसिला बालबालिकाको मुहार सम्झिन नेपालको राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् ।

नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि पहिलो विदेशभ्रमणमा नेपाल आएका बालअधिकारकर्मी सत्यार्थीले बजेट वा अन्य योजना बनाउँदा बालबालिकालाई प्राथमिकतामा राख्न सुझाव दिएको आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले बताए ।

बालअधिकारकर्मी सत्यार्थीले गरिबी, अशिक्षा र बालमजदुरको दुश्चक्रले बालअधिकारको सदैव हनन् भैरहेको उल्लेख गर्दै राष्ट्रिय बजेट निर्माण गर्दा त्यसतर्फ ध्यान दिन सुझाव दिएका हुन् ।

आफूले पाएको पुरस्कार भारत, नेपाललगायत विश्वका सबै बालबालिकाको लागि हो भन्दै उनले नेपाल आफ्नो दोस्रो घर भएका कारण पुरस्कार पाएको एक हप्तामा नेपाल आएको बताएका थिए ।
सो भेटमा सत्यार्थीको टोलीका साथै सभासद्द्वय डिल्ली चौधरी र जगत चौधरी तथा योजना आयोगका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>