थप समाचारशनिबार, पौष ५, २०७१

पुरुषहरुलाई पनि ‘महिनाबारी’ हुने भए के हुन्थ्यो ?

हिमालखबर

mensurationपूर्वीय समाजका महिलाहरु महिनाबारीबारे खुलेर कुरा गर्न सक्दैनन् । परम्परागत समाजले यस्तो विषयमा कुरा गरेको निको पनि मान्दैन ।

सामाजिक कारणले नै महिला स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण मुद्दाले अनेकौं भ्रमको सिर्जना गर्छ ।

तर, पछिल्लो समयमा केही युवाहरु डक्यूमेन्ट्री र फिल्मका माध्यमबाट मानिसहरुबीच यससम्बन्धमा जागरुकता बढाउने काम गरिरहेका छन् ।

भारतको दिल्लीका अनिश बांगिया र श्रेय छाबडाले यस विषयमा बनाएको भिडियो अहिले यूट्यूबमा भाइरल भइरहेको छ ।

यो भिडियोको विषय हो, ‘ह्वाट इफ बोइज ह्याड पिरियड्स’ केटाहरुलाई पनि महिनाबारी हुने भए के हुन्थ्यो ?)

भिडियोमा केही युवाहरुसँग यही प्रश्न सोधिएको छ । केही उत्तर हास्यास्पद छन् भने केही निकै गम्भिर ।

डक्युमेन्ट्री निर्माता भन्छन्, “यस्तो विषयमा मानिसमा जागरुकता ल्याउन केही ह्युमर त चाहिन्छ नै, त्यसैले हामीले ह्युमरस डक्यूमेन्ट्री बनाएका छौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>