Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फेरि नेपाली तारा - Himalkhabar.com

रमझमशनिबार, पौष ५, २०७१

फेरि नेपाली तारा

हिमालखबर

taraसात वर्षको अन्तरालमा भएको गायन प्रतिभा खोज्ने यो ‘रियालिटी शो’ को आकर्षण कति भने यसमा १८ हजारभन्दा बढी अडिसनमा सहभागी भए। तीमध्येबाट सुदेश सुवेदी, प्रताप लामा, प्रताप दास, सुष्मा विश्वकर्मा, जलजला परियार, स्वेच्छा ठकुरी, विनोद राई, विशाल आत्रेय, देवेश राई र सुरेश लामा टपटेनमा आएका छन्।

नेपाली ताराका विजेता दीपक लिम्बू, सन्तोष लामादेखि पहिलो नेपाली तारामा दोस्रो भएका धर्मेन्द्र सेवान तेस्रो भएका रुपक डोटेल, उत्कृष्ट पाँचबाट बाहिरिएकी तथा महिल्ाातर्फकी सर्वोत्कृष्ट इन्दिरा जोशी नेपाली सांगीतिक क्षेत्रमा चम्केका छन्।

टप ट्वान्टीभित्र परेका मल्लिका कार्की र पुष्पा पौडेलसम्मका प्रतिभा संगीत क्षेत्रमा जमेकाले पनि यसप्रतिको आकर्षण ठूलो छ। नेपाली तारा–३ का निर्माता तथा निर्देशक रञ्जित आचार्य संगीतको व्यवसायीकरणका कारण प्रतिभाले विना लगानी कलाकार बन्ने अवसर पाउने भएकोले यसमा आकर्षण रहेको बताउँछन्।

“उपयुक्त प्लेटफर्म र आर्थिक अभावमा रहेका प्रतिभाका लागि नेपाली तारा ठूलो अवसरको ढोका भएको छ”, आचार्य भन्छन्, “यसबाट छिरेर उनीहरू स्टार बन्छन्।”

अडिसनको निर्णायक मण्डलमा रहेका संगीतकार सुरेश अधिकारी एक से एक प्रतिभाबाट छानिएर आएकाहरूको अवश्य भविष्य हुने बताउँछन्।

उनको भनाइमा, १०–१५ वर्षको संघर्षबाट पाउने लोकप्रियता यो रियालिटी शोले एकै पटक दिने भएकोले पनि गायकी भएकाहरूका लागि नेपाली तारा महत्वपूर्ण अवसर भएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>