थप समाचारशनिबार, पौष ५, २०७१

ट्रक दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

हिमालखबर

dahakhaniहेटौंडाबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख ३५७१ नम्बरको ट्रक सडकबाट करिब ४० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रक चालक हेटौँडा–११ का २३ वर्षीय उमेश कप्रौला र सोही स्थान बस्ने वर्ष १८ का महेश कार्कीको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिब १२ बजे भएको सो दुर्घटनामा सोही स्थान बस्ने १७ वर्षका अमृत कप्रौला र १४ वर्षीय एकराज कार्की गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक के कारणले दुर्घटना भएको नखुले पनि चालक निदाएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>