खेलकुदआइतबार, पौष ६, २०७१

आहा रारा गोल्डकप माघमा

हिमालखबर

माधव बराल, पोखरा

पोखरामा ६ पुसमा आयोजित पत्रकार सम्मेलनमा सहारा क्लबका पदाधिकारीहरु । तस्वीरः माधव बराल, पोखरा

पोखरामा ६ पुसमा आयोजित पत्रकार सम्मेलनमा सहारा क्लबका पदाधिकारीहरु । तस्वीरः माधव बराल, पोखरा

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकपको १३ औं संस्करण आगामि माघको तेस्रो साता पोखरामा हुने भएको छ । सहारा क्लबको आयोजना र हिमश्री फुड्सको मुख्य प्रायोजनमा आहा रारा गोल्डकप २० माघदेखि २ फागुनसम्म पोखरा रङ्गशालामा हुने क्लबका महासचिव केशवबहादुर थापाले जानकारी दिए ।

पोखरामा ६ पुसमा आयोजित पत्रकार सम्मेलनमा उनले कठिन परिस्थिति एवम् विपन्न वर्गका बालकहरुको लागि सहारा क्लबले पोखराका दोबिल्लामा संचालन गरेको सहारा फूटबल एकेडेमीको सहयोगर्थ प्रतियोगिता आयोजना गरिएको बताए ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको शहरका रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लब, विदेशी टीम, पुर्वाञ्चल, पश्चिमाञ्चलका क्लबहरु र आयोजक सहारा क्लब गरी १२ टीमको सहभागिता रहने क्लबका अध्यक्ष विरभद्र आचार्यले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि क्लबको सुविधामा अझ बृद्धि गर्ने योजना क्लवले बनाएको छ ।

प्रतियोगिताले फूटबल खेलको विकासका एवम नयाँ प्रतिभावान खेलाडीले आफ्नो खेल कौशल प्रर्दशनको अवसरमा पाउनुका साथै पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास सहारा क्लबले लिएको छ । प्रतियोगितामा विजेता, उपविजेताका साथै सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट टीम कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, फेयर प्ले, सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेण्डरलाई पुरस्कार दिइने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>