Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘आपसी कलह र स्वार्थ’ शीर्षकमा निबन्ध लेख्नु नपरोस् - Himalkhabar.com

टिप्पणीआइतबार, पौष ६, २०७१

‘आपसी कलह र स्वार्थ’ शीर्षकमा निबन्ध लेख्नु नपरोस्

tulsigautam

नेपालको पहिलो आम चुनावपछि १ पुस २०१७ मा त्यसलाई ‘अफाप’ भनेर ‘निर्दलीय पंचायती तन्त्र’ ल्याइयो । त्यसको करिब तीस वर्षमा पुनः बहदुलीय र २०६३ पछि गणतन्त्र आएको छ । तर, विद्यमान स्वार्थपरक द्वन्द्वले ‘नेपालमा संसदीय व्यवस्था असफल हुनुका कारण’ भनेर एसएलसीमा उतिखेर (२०२७/२८ तिर) राखिएको ‘पंचायत’को घोकाइ अहिलेको भोगाइ त बन्ने होइन ? नेताहरुमा चेत खुल्नु पर्‍यो ।

पंतिकारले २०२८ सालमा प्रवेशिका परीक्षा दिएको हो । ५० पूर्णांकको ‘पंचायत’ विषय एउटा राखिएको थियो । त्यसमा एउटा पाठ संसदीय व्यवस्था असफल हुनुका कारणबारे थियो । परीक्षामा प्रायः सोधिने भएकाले सबैले घोकेर कण्ठ पारेको र परीक्षामा पहिलो उत्तर त्यसैबाट दिएको थिएँ । त्यसमा छुटाउन नहुने कुराहरुमा “च्याउ उम्रे झैं पार्टीहरु गठन भएको, राजनैतिक स्वार्थले आपसी कलह र वैमनश्यता, खिचातानी बढेको” जस्ता शब्दहरु घोकेर लेख्दा ज्यादै राम्रो अंक पाएको थिएँ । त्यसको ‘फोटोकपी’ अहिले देखिएको छ ।

हाम्रा नेताहरुमध्ये कतिले सो विषय पढेका र परीक्षा मैले जस्ते लेखेर दिएका होलान् । पंचायती शासनलाई कालरात्री भन्दै गाउँगाउँमा चप्पले राजनीति गरेर ‘प्रजातन्त्र प्रति’ जनता जागरुक गराए कोही पंचायतका वर्गीय संगठनभित्र रहेर त कोही लुकीछिपी परदेशिएर जनजागरण ल्याउन आ –आफ्ना भूमिका खेले । फलतः संसदीय व्यवस्था ल्याइयो । तर, संविधान बनाउने संविधानसभामा जननिर्वाचित प्रतिनिधिहरु आए पनि नानीदेखि लागेको बानी भनेजस्तै राजननैतिक सिद्धान्त बोकेका, प्रजातन्त्र र संसदीय पद्धतिमा आएर आपसी कलह ल्यागेर संविधान निर्माण गर्नुपर्नेमा उल्टै जनअपेक्षा विपरीत नेता र दलका कार्यहरुले कतै ‘पंचायत’ विषयमा लेखिएको र त्यसबेला घोकिएको संसदीय व्यवस्था नेपालमा असफल गराउन षडयन्त्र त होइन सोझा जनता प्रश्न गर्न थालेका छन् ।

चार वर्षअघि गुल्मीको रिडीमा एक किराना पसलेले नेताहरुप्रति वितृष्णा जस्तो देखाएका थिए । आज सहमतिको रटान र आपसी कलहबाट पाएको गणतन्त्र गुम्ने हो कि भन्ने डरले जाजरकोटको एक सामान्य नागरिक थरथराउँदै आफ्नो आक्रोश हालै मसँग पोखेका थिए । चिया पसलमा यस्तो आक्रोशमा सबैले समर्थन गर्दै गरेको बेला स्थानीय एफएममा यस्तो गीत एकनाशले घन्किरहेको थियो ।

जति निर्वाचन भए पनि कामै लागेन
जति शासन आए पनि जनताको शासन आएन

यो गीतको अर्थ र व्याख्याले जे पनि हुनसक्छ तर जनताको शासन भनेको जनताका प्रतिनिधिबाट जनताको हकहितमा असल काम हो । त्यसैले आपसी कलह र स्वार्थ ल्यागेर प्राप्त अवसर जन भावनानुरुप गरौं, यो जन आग्रह हो । अन्यथा संसदीय व्यवस्था असफल हुनाका कारणहरुमा पनि फेरि ‘आपसी कलह र स्वार्थ’ भनेर अर्को विषय भावी सन्ततिले घोक्नु र हामीले भोग्नु नपरोस् । नेताजीहरुको चेत खुल्न पर्‍यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>