Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जानकी मेडिकल कलेजको नक्कली धन्दा - Himalkhabar.com

थप समाचारसोमबार, पौष ७, २०७१

जानकी मेडिकल कलेजको नक्कली धन्दा

हिमालखबर

जनकपुरस्थित जानकी मेडिकल कलेज। फाइल तस्वीर ।

जनकपुरस्थित जानकी मेडिकल कलेज। फाइल तस्वीर ।

धनुषाको जनकपुरमा रहेको जानकी मेडिकल कलेजले बिना अनुमति एमबीबीएस, बीएन तथा बीएस्सी नर्सिङको भर्ना खोलेको छ । एक जना विद्यार्थी पनि भर्ना गर्ने अनुमति नपाएको जानकी मेडिकल कलेजले भर्ना खोलेर ठगी धन्दा गर्न खोजेको हो ।

कलेजले ५–६ पुसमा कान्तिपुर दैनिकमा सूचना निकालेर शैक्षिक सत्र २०७०/०७२ का लागि भर्ना आव्हान गरेको हो । सूचनामा भनिएको छ, “शैक्षिक सत्र २०७१/७२ को एमबीबीएस कार्यक्रम अन्तर्गत विदेशी तथा नेपाली र बीएन तथा बीएस्सी नर्सिङ कार्यक्रम अन्तर्गत नेपाली नगारिकहरुलाई मात्र त्रिविवि, चिशाअसंद्वारा लिएको प्रवेश परीक्षामा उत्तिर्ण भएका सम्बन्धित इच्छुक योग्य उम्मेद्वारहरुलाई भर्ना आवेदनका लागि सूचित गरिन्छ ।”

तर, जानकी मेडिकल कलेजको विज्ञापन नक्कली भएको खुलासा भएको छ । नेपाल मेडिकल काउन्सिलले उक्त मेडिकल कलेजलाई एमबीबीएस पढाउने अनुमति नभएको जनाएको छ ।

जानकी मेडिकल कलेजले ५–६ पुसमा निकालेको विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

जानकी मेडिकल कलेजले ५–६ पुसमा निकालेको विद्यार्थी भर्ना सम्बन्धी सूचना ।

काउन्सिलले ७ पुसमा कान्तिपुर दैनिकमा सूचना निकालेर जानकी मेडिकल कलेजलाई एमबीबीएसका लागि विद्यार्थी भर्ना गर्ने अनुमति नै नभएको स्पष्ट पारेको छ । “जानकी मेडिकल कलेजको नामबाट एबीबीएस प्रथम वर्षमा भर्ना हुनको लागि भनि प्रकाशित सूचनाको आधारमा विद्यार्थी भर्ना हुन नसक्ने र यदि भएमा त्यसको जवाफदेही काउन्सिल नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ,” सूचनामा भनिएको छ ।

काउन्सिलको २७ भदौ २०७१ मा बसेको बैठकले जानकी मेडिकल कलेजले यस शैक्षिक वर्षमा एमबीबीएसमा भर्ना लिन नपाउने निर्णय गरेको थियो । यस्तै, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको २४ भदौ २०७१ मा बसेको बैठकले पनि जानकी मेडिकल कलेजका लागि यो शैक्षिक वर्षमा एमबीबीएस अध्ययनका लागि शून्य सिट कायम गर्ने निर्णय गरेको थियो ।

साप्ताहिक खबरपत्रिका हिमालले २८ पुस २०७० को अंकमा नेपालका अधिकांश मेडिकल कलेज पैसा कमाउने ‘उद्योग’ मात्र बनिरहेको विषयमा (डाक्टर नबनाउने मेडिकल कलेज) रिपोर्ट प्रकाशित गरेको थियो ।

नेपाल मेडिकल काउन्सिलले ७ पुसमा निकालेको सार्वजनिक सूचना ।

नेपाल मेडिकल काउन्सिलले ७ पुसमा निकालेको सार्वजनिक सूचना ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>