थप समाचारसोमबार, पौष ७, २०७१

पेट्रोलको भाउ अझै घटाऊः विद्यार्थी

हिमालखबर

प्रमुख ११ विद्यार्थी संगठनको बैठकमा सहभागी विद्यार्थी नेताहरु । फेसबुक तस्वीर

प्रमुख ११ विद्यार्थी संगठनको बैठकमा सहभागी विद्यार्थी नेताहरु । फेसबुक तस्वीर

विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य अझै घटाउन माग गरेका छन् । प्रमुख ११ विद्यार्थी संगठनको ७ पुसमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य अझै घटाउन सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको छ ।

“निगमले अहिले घटाएको तेलको भाउ अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार भएन, त्यसैले २४ घण्टे अल्टिमेटम दिएका हौं,” नेविसंघका प्रवक्ता यूपी लामिछानेले हिमालखबरसँग बताए । मूल्य घटे अनुसार यातायात भाडा घटाउन पर्ने विद्यार्थी संगठनको माग छ ।

लामिछानेले भने, “९ पुसमा फेरि विद्यार्थी संगठनको बैठक बसेर यातायात भाडा घटाउने विषयमा ठोस निर्णय गर्छौं ।”

बैठकले काठमाडौं उपत्यकाका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्न नदिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाका क्याम्पसहरुमा सेमेस्टर प्रणालीको लागि भइरहेको फारम वितरण रोक्न माग गर्ने निर्णय भएको लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>