अर्थ/बजारसोमबार, पौष ७, २०७१

२४ घण्टाभित्र मूल्य घटाउन सकिन्नः आयल निगम

हिमालखबर

२४ घण्टाभित्र मूल्य घटाउन सकिन्नः आयल निगमनेपाल आयल निगमले तत्कालै पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । विद्यार्थी संगठनले अझै मूल्य घटाउन २४ घण्टे अल्टिमेटम दिए पनि पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने निगमको भनाइ छ ।

निगमका प्रवक्ता मुकुन्द घिमिरले हिमालखबरसँग भने, “इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्य नआएसम्म भाउ घटबड हुँदैन ।” आईओसीले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्य पठाउने गर्छ ।

आईओसीले २९ मंसीरमा पठाएको मूल्य अनुसार आयल निगमले ४ पुसमा पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले पेट्रोलमा रु.७, डिजेल तथा मट्टितेलमा रु.५.५० र हवाई इन्धनमा रु.१० मूल्य घटाएको थियो ।

तर, विद्यार्थी संगठनले भने पेट्रोलियम पदार्थको मूल्य अझै घटाउन २४ घण्टे अल्टिमेटम दिएका छन् । ७ पुसमा बसेको विद्यार्थी संगठनको बैठकले पेट्रोलियम पदार्थको मूल्य अझै घटाउन सरकार र नेपाल आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको हो ।

निगमका प्रवक्ता घिमिरेले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै ४ पुसमा पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय भएको बताए । “निगमले संभव भएसम्म बढी मूल्य घटाउने निर्णय गरेको हो,” उनले भने, “मूल्य समायोजनका लागि २४ घण्टा होइन, अझै सातादिन कुर्नुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>