थप समाचारसोमबार, पौष ७, २०७१
संविधानसभा भवनमा तालाबन्दी
नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा कर्मचारीले तालाबन्दी गरेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले ७ पुसमा संविधानसभा भवनको सबै ढोकामा ताला लगाएका हुन् ।
तालाबन्दीका कारण ७ पुसमा बस्ने भनिएको संविधानसभा बैठक बस्न सकेको छैन । शीर्ष नेताहरु संविधानसभा भवन पुगेर फर्किरहेका छन् । तालाबन्दी भएपछि सभासदहरु संविधानसभा भवन बाहिरै बसेका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले संसद सचिवालयका कर्मचारी सरहत तलब भत्ता र सुविधान माग गर्दै भवनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केही अगाडिदेखि आन्दोलन गर्दै आएका थिए ।
उनीहरुले केही दिनदेखि संविधानसभा बैठकको प्रत्यक्ष प्रशारण गरिने टेलिभिजन स्क्रिनको अडियो काट्दै आएका थिए । अहिले सहमतिका लागि केन्द्रका कर्मचारी र संसद सचिवालयको वार्ता चलिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
