Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधानसभामा कर्मचारीको अवरोध - Himalkhabar.com

थप समाचारसोमबार, पौष ७, २०७१

संविधानसभामा कर्मचारीको अवरोध

हिमालखबर

संविधानसभा बैठकमा कर्मचारीको अवरोधनयाँ वानेश्वरस्थित संविधानसभा भवनमा कर्मचारीले डेढ घण्टासम्म तालाबन्दी गरेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको ७ पुसमा गरेको तालाबन्दीका कारण संविधानसभा बैठक डेढ घण्टासम्म बस्न सकेन ।

उनीहरुले संविधानसभा भवनको सबै ढोकामा लगाएको ताला दिउँसो साढे दुई बजे भने खुलेको छ । तीन दिनमा आफ्ना माग पूरा हुने संसद् सचिवालयले भने पछि उनीहरुले ताला खोलेका हुन् ।

दिउँसो १ बजे बस्ने भनिएको संविधानसभा बैठक कर्मचारीको तालाबन्दीकै कारण शुरु हुन सकेको थिएन । संविधानसभा भवनमा ताला लागेपछि सभासदहरु संविधानसभा भवन बाहिरै बसेका थिए ।

अहिले भने संविधानसभा बैठक शुरु भएको छ ।

——————————————————————————————————————————–

संविधानसभा भवनमा तालाबन्दी

बैठक शुरु हुन सकेन, शीर्ष नेताहरु फर्किए

नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा कर्मचारीले तालाबन्दी गरेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले ७ पुसमा संविधानसभा भवनको सबै ढोकामा ताला लगाएका हुन् ।

तालाबन्दीका कारण ७ पुसमा बस्ने भनिएको संविधानसभा बैठक बस्न सकेको छैन । शीर्ष नेताहरु संविधानसभा भवन पुगेर फर्किरहेका छन् । तालाबन्दी भएपछि सभासदहरु संविधानसभा भवन बाहिरै बसेका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले संसद सचिवालयका कर्मचारी सरहत तलब भत्ता र सुविधान माग गर्दै भवनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केही अगाडिदेखि आन्दोलन गर्दै आएका थिए ।

उनीहरुले केही दिनदेखि संविधानसभा बैठकको प्रत्यक्ष प्रशारण गरिने टेलिभिजन स्क्रिनको अडियो काट्दै आएका थिए । अहिले सहमतिका लागि केन्द्रका कर्मचारी र संसद सचिवालयको वार्ता चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>