Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधान बन्न नदिन मोर्चाबन्दीः ओली - Himalkhabar.com

थप समाचारसोमबार, पौष ७, २०७१

संविधान बन्न नदिन मोर्चाबन्दीः ओली

हिमालखबर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिनकै लागि एमाओवादीमो नेतृत्वमा मोर्चा गठन गरिएको आरोप लगाएका छन् । सर्लाहीमा ७ पुसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “एमाओवादीको नेतृत्वमा गठित २२ दलीय मोर्चा संविधान आउन नदिनका लागि हो ।”

उनले कसैको आन्दोलन, रक्तपात जस्तो धम्कीले कुनै अर्थ नराख्ने पनि टिप्पणी गरे । उनले सहमतिको प्रयास चलिरहँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बुरुक्क उफ्रिन थालेको कटाक्ष गरे ।

“हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ”, उनले भने, “तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो ।”

उनले जस्तोसुकै अवरोध पन्छाएर भए पनि ८ माघमा नयाँ संविधान जारी हुने दावी गरे । सहमति सम्भव नभए प्रक्रियाबाटै नयाँ संविधान जारी हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>