थप समाचारसोमबार, पौष ७, २०७१

तालाबन्दीप्रति सचिवालयको आपत्ति

हिमालखबर

कपिल भट्ट, काठमाडौं

तालाबन्दीप्रति सचिवालयको आपत्तिअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्राविधिक सहयोग पुर्‍याउँदै आएका काजमा कार्यरत कर्मचारीले गरेको अवरोधप्रति संविधानसभा सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले ७ पुसमा प्रेस विज्ञप्ति जारी गर्दै ती कर्मचारीहरुको अवरोधले संविधान निर्माणमा असहज वातावरण बनेको जनाएको छ ।

सचिवालयले काजमा रहेका कर्मचारीको सेवा सुविधाका लागि निरन्तर प्रयास भइरहेको पनि जनाएको छ । उनीहरुको मागको विषयमा अर्थ मन्त्रालयसँग विभिन्न चरणमा वार्ता भइरहेको र त्यो सकारात्मक रहेको सचिवालयको भनाइ छ ।

सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आजै सचिवालयका पदाधिकारी र केन्द्रका सम्बन्धित कर्मचारी प्रतिनिधिबीच भएको वार्ता अनुरुप तीन दिनभित्र माग सम्बोधन गर्ने सहमति भइसकेको अवस्थामा संविधानसभाजस्तो संवेदनशील काममा अवरोध पुग्न गएको दुःखद् घटनाबाट सम्बन्धित कर्मचारीको अनुशासन, लगनशीलता र इमान्दारीतामा आशंका उठ्न जानुका साथै घटनामा प्रत्यक्ष रुपमा संलग्न कर्मचारीलाई कारवाही गर्नुपर्ने दुःखद् बाध्यात्मक परिस्थितिमा सचिवालय पुगेको छ ।”

सचिवालयले आउँदा दिनमा यस्ता गतिविधि नगर्न पनि कर्मचारीलाई आग्रह गरेको छ । संविधान निर्माणका लागि सहज वातावरणका लािग थप प्रबन्ध पनि मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यकारी निर्देशकसँग स्पष्टिकरण

संविधानसभा सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशक रामलाल तुलाधरसँग स्पष्टिकरण सोधेको छ । सचिवालयले संविधानसभा भवनमा तालाबन्दी गर्नुको कारणबारे २४ घण्टाभित्र जवाफ दिन भनेको छ ।

यसैबीच, सचिवालयले संविधानसभाको सम्पूर्ण तालाचाबी आफ्नो जिम्मामा लिएको छ । केन्द्रका कर्मचारीसँग हुने तालाचाबी सचिवालयले आफ्नो नियन्त्रणमा लिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको ७ पुसमा संविधानसभा भवनमा तालाबन्दी गरेर अवरोध गरेका थिए । उनीहरुको अवरोधकै कारण डेढ घण्टासम्म संविधानसभा बैठक बस्न सकेन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>