थप समाचारमंगलबार, पौष ८, २०७१

विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द

हिमालखबर

नवलपरासीको तम्सरियास्थित लोक सेवा उच्च मा.वि. वसन्तपुरका छात्राहरुमा समस्या देखिएपछि पठनपाठन बन्द भएको छ । छात्राहरुमा रुने, चिच्चाउने, उफ्रने समस्या देखिएपछि १३ पुससम्मका लागि विद्यालयको पठनपाठन बन्द भएको हो ।

कक्षा नौ र दशका छात्राहरुमा समस्या देखिएपछि विद्यालय बन्द गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पाण्डेले बताए । उनका अनुसार शुरुमा एक–दुई जनामा रुने, उफ्रने समस्या अझै धेरै छात्रामा देखिएपछि विद्यालय बन्द गरिएको हो ।

बिरामी देखिएका बिद्यार्थीलाई उपचारका लागि मध्यविन्दु सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>