Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ईश्वरको खोजी - Himalkhabar.com

रमझममंगलबार, पौष ८, २०७१

ईश्वरको खोजी

हिमालखबर

बेस्सरी हँसाउँदा हँसाउँदै गहिरो सामाजिक दर्शन र सन्देश दिने अनि छिनमै आँसु झारिदिने दृश्य।

अढाइ घण्टाको फिल्ममा योभन्दा बढी के दिन सकिन्छ ? ‘थ्री इडियट’ बाट वाह्वाही बटुलेको पाँच वर्षपछि राजकुमार हिरानी र विधुविनोद चोपडाले बनाएको बहुप्रतीक्षित फिल्म ‘पीके’ दर्शकलाई खुशी पार्न सफल छ।

आमीर खानको बेजोड अभिनयले सामाजिक आडम्बर र धार्मिक ढोंगलाई उदाङ्गो पारेको छ।

मानिसमाथि अध्ययन गर्न अर्कै ग्रहबाट आएर फर्कन नपाएको ‘एलियन’ को कथा बुनिएको फिल्मले ढोंगी ‘बाबा’हरूले ईश्वरको नाममा चलाउँदै आएका गोरखधन्दा र अनेक धर्मका नाममा जारी सामाजिक विभेदमाथि चोटिलो प्रहार गरेको छ।

धर्म र परम्पराको नाममा मानिसले प्रदर्शन गर्ने व्यवहारलाई फिल्मले रमाइलोसँग प्रस्तुत गरेको छ। मानिसहरू खाली खुट्टा मन्दिर जान्छन्, तर चर्चमा जुत्ता लगाएर।

हिन्दू विधवा र इसाई दुलहीको पहिरन सेतो हुन्छ। मुस्लिम महिलाको सदाबहार कालो पहिरन इसाई महिलाले मरोपरोमा लगाउँछन्। यस्तो किन? भगवानले आफ्नै सिर्जना मानव जातिलाई अनेकौं कष्टपूर्ण ब्रत–पूजा गर्न कसरी लगाउन सक्छन् ?

संसार सृष्टि गर्ने भगवानले आफैं रक्षा गर्न नसकेर यतिका मस्जिद, मन्दिर, चर्च बनाउनु परेको हो? जवाफ खोज्दै हिंड्ने पात्रलाई समाजले ‘पीके’ अर्थात् जँड्याहाको उपाधि दिन्छ।

फिल्मले धर्म परिवर्तन, धार्मिक विभेद, दंगा आदिले संसारलाई तहसनहस पारिरहेको बुझाउँदै ईश्वरलाई तेरो वा मेरो नभन्ने सन्देश दिएको छ। यसअघि धार्मिक पाखण्डीपनको कथा समेटिएको अक्षयकुमार र परेश रावल अभीनित फिल्म ‘ओ माई गड’ निकै चलेको थियो।

विषयवस्तु उस्तै भए पनि पीकेको कथा वाचन र प्रस्तुति फरक छ। ‘मुन्नाभाई’ र ‘थ्री इडियट’ मा गम्भीर सन्देश दिन सफल निर्देशक राजकुमार र अभिजित जोशीको पटकथा र सम्वादले दर्शकलाई अढाइ घण्टा बाँधेर राख्छ।

फिल्ममा नायिका अनुष्का शर्मा र छोटो भूमिकामा देखिएका सञ्जय दत्त, सुशान्त सिंह राजपूतले राम्रो अभिनय गरेका छन्।

अनुशील

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>