थप समाचारमंगलबार, पौष ८, २०७१
विधानसभा चुनावः बीजेपीकै अग्रता, कांग्रेसकाे सुधार देखिएन
भारतीय विधानसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी)लेआफ्नो अग्रतालाई कायमै राखेको छ भने भारतीय राष्ट्रिय कंग्रेसको अवस्थामा सुधार देखिएको छैन ।
झारखण्ड र कास्मिरमा सकिएको निर्वाचनको मत परिणामले कंग्रेसलाई निकै पछि पारेको छ ।
झारखण्डको ८१ सीटका लागि भएको निर्वाचनमा बीजेपी ३५ सीटमा विजयी भइसकेको छ भने २ स्थानमा अग्रता हासिल गरिरहेको छ । तर, ५ सीटमा विजयी कंग्रेसको १ स्थानमा मात्रै अग्रता छ ।
यता, ८७ सीटका लागि कास्मिरमा भएको निर्वाचनमा बीजेपीले २५ स्थानमा विजयी भएर दोस्रो स्थानमा छ ।
२८ सीटमा विजयी भइसकेको कास्मिर पिपुल्स डेमोक्रयाटिक पार्टी अझै २ स्थानमा अग्ररता लिएर पहिलो स्थानमा छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
