Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
क्रिसमसको चटारोले छोपेको अमेरिका - Himalkhabar.com

थप समाचारबुधबार, पौष ९, २०७१

क्रिसमसको चटारोले छोपेको अमेरिका

हिमालखबर

३रिटालाई अहिले चटारोले छोपेको छ । क्यालिफोर्नियामा रहेकी छोरी र न्यूयोर्कमा रहेको छोरोलाई उपहार किनेर पठाउने तयारी गरिरहेकी छन् ।

उपहार के पठाउने भन्दा पनि कहिले पुग्छ भन्ने चिन्ताले उसलाई सताउन थालेको छ । क्रिसमस अवागै पुगेन भने त उसलाई त्योभन्दा नरमाइलो केही हँुदैन ।

रिटा मात्र होइन, अमेरिकामा रहेका हरेक (खासगरी क्रिस्चियन धर्माबलम्बीलाई) क्रिसमसको हतारो छ र आफूले पठाएको सरसामान समयमै नपुग्ने हो कि भन्ने चिन्ता पनि छ ।

आफूभन्दा टाढा रहेका बाबु आमा वा छोराछोरी, सासू ससुरा, नाति नातिना, काकाकाकी वा निकट नातेदारलाई यो पर्वमा कुनै न कुनै उपहार वा चिनो दिने चलन भएकाले त्यो उपहारलाई हुलाकसम्म पु¥याउन पनि धौ धौ पर्ने गरेको छ ।

अहिले तीन/चार घण्टा लाइनमा बसेर भए पनि उनीहरूले आफ्नो उपहार सम्बन्धितकहाँ समयमै पु¥याउन अमेरिकी हुलाक सेवा, अमेरिकी पार्सल सेवा वा फेडेक्सको सहयोग लिइरहेका छन् ।

ब्ल्याक फ्राइडेदेखि क्रिसमससम्मको करिब २५ दिन अमेरिकी बजारमा क्रय र विक्रयको मुख्य समय मानिन्छ । अघिल्लो वर्ष त्यस अवधिमा दैनिक सरदर २४ लाख उपहारको प्याकेट वा डब्बा वा खाम एक ठाउँबाट अर्को ठाउँमा पुगेको थियो ।

कामको व्यस्तता वा अरु नै कारण यहाँका वासिन्दालाई एक क्षण पनि फुर्सद हुँदैन । तैपनि यो पर्वलाई उनीहरू हर्षोल्लासपूर्णरुपमा मनाउन पछि पर्दैनन् । क्रिसमस पर्व क्रिश्चियन धर्मावलम्बीहरूको मुख्य पर्व भएपनि पछिल्ला वर्षहरूमा अन्य धर्मावलम्बीहरूले पनि धुमधामसँग मनाउने गर्दछन् ।

अमेरिका विश्वका विभिन्न देशका विभिन्न धर्मावलम्बीका मानिसहरूको वसोवास रहेकाले अहिले सबैका लागि यो पर्व साझा जस्तै बन्न थालेको छ । अमेरिकामा बस्ने नेपालीहरू पनि एकआपसमा उपहार र शुभकामना आदानप्रदान गर्ने र नेपाललगायत अन्य देशमा रहेका आफन्तजनलाई उपहार पठाउने गर्दछन् ।

१

तस्वीरहरु इन्टरनेट

यस पर्वमा आफ्ना नातेदार वा आत्मीय व्यक्तिलाई सम्झने अवसर भएकाले उनीहरू केही न केही उपहार पठाउने गर्दछन् ।

आफ्ना मित्रजनहरूबाट पठाइएको उपहार पाउँदा निकै निजसँग भेटेजस्तै अनुभूति हुने गर्दछ र यसले सम्बन्धलाई अझ आत्मीय र प्रगाढ बनाउने डेभिडको अनुभव छ ।

उपहारहरू निश्चित दिनभित्रै सकुशल सम्बन्धित व्यक्तिको ठेगानामा पुगोस् भन्ने हेतुले युनाइटेड पार्सल सर्भिस (युपिएस) ले ९५ हजार कामदारको परिचालन गरेको छ भने अर्को फेडेक्स कम्पनीले ५० हजार कामदारलाई क्रिसमसको अवसरमा नियुक्ति गरेको छ ।

यो अवधिमर युनाइेड पार्सल सर्भिसले ५८ करोड ८५ लाख, फेडेक्सले २९ करोड र अमेरिकी हुलाक सेवाले ४७ करोड थान सरसामान वा उपहारको प्याकेट वा खाम सम्बन्धित व्यक्तिको घर ठेगानामा पु¥याएका छन् ।

७ मंसीरमा अमेरिकाको इतिहासमा नै सर्वाधिक सरसामान पठाउने दिनका रुपमा परिचित छ । यो दिनमात्र तीन करोड ४० लाख प्याकेटको पठाउने काम भएको थियो । यो वापत ती हुलाकहरूले पाउने वा असुल्ने रकम अर्बौ डलर हुन्छ ।

आफन्तलाई खामबन्दी गरेर पठाइने सरसामानको सूची लामो छ । एकैजनाले तीन चारवटासम्म बक्सा पठाउने भएकाले समय पनि धेरै नै लाग्ने गरेको पार्सल कम्पनिहरू बताउँछन् ।

२कसलाई पठाउन लागेको हो त्यस अनुसार नै पठाउने व्यक्तिले प्रापकको उमेर, रुचि, सोख र आवश्यकतालाई ख्याल गरेर त्यही अनुरुपको सरसामान किनेर पठाउने गर्छन् । फुटबल खेलाडी वा वास्केटबल खेलाडीलाई उपहार पठाउँदा उसलाई मनपर्ने खेलाडीको नंबर अंकित जर्सी वा अन्य यस्तै सामग्री पठाउने गरिन्छ ।

प्रायःजसोले नयाँ नयाँ प्रविधि जस्तै आइफोन, आइप्याड, आइपड, ल्यापटप वा क्यामरा पठाउने गर्छन् भने लत्ताकपडा, घडी, औंठी (प्रायः प्रेमिकालाई) जुत्ता, चप्पल, टोपी आदि पनि पठाउने चलन छ । त्यसबाहेक खाममा मात्र हालेर पठाइने स्क्र्याच टिकट पनि हो । अमेरिकाको प्रायः हरेक राज्यमा खुलेका यस्ता स्क्याच टिकटको माग यति बेला ह्वात्तै बढ्ने गर्दछ ।

लटरी अफिसले यो समयका लागि भनेर विशेष किसिमको लटरी टिकट पनि प्रकाशन गर्ने चलन छ । यसबाहेक यो पर्वमा सर्वाधिक खपत हुने नगद सरहको उपहार कार्ड पनि हो ।

प्रेषक र प्रापकको गच्छेअनुुसार २५, ३०, ४०, ५० वा सय डलरको उपहार कार्ड पठाएमा प्रापकले आफूले रुचाएको सामान त्यही कार्ड प्रयोग गरेर किन्न सक्ने भएकाले यसको प्रयोग बढी हुन्छ ।

कसैकसैले त नगद र विभिन्न सन्देश बोकेका क्रिसमस कार्ड पनि हालेर पठाउने गर्छन् । हुलाकी ट्रेसी भन्छिन् “अरु बेलाभन्दा यो बेलामा ज्यादै नै सम्वेदनशील, कामप्रतिको लगाव र कठिनता पनि झेल्नुपर्ने हुन्छ । समयमा नै ग्राहकको घर ठेगानामा पुगेन भने ज्यादै नै नरमाइलो मान्छन् ।”

यतिबेला हुलाक, अन्य माध्यमबाट सामन पठाउँदा चोरीको पनि डर हुन्छ । त्यस्ता खामबन्दी वा प्याकेटहरू घर बाहिर छोड्दा बदमास व्यक्तिहरूले चोरेर पनि लैजाने गरेकाले प्रापककै हातमा परोस् भन्ने मनसाय सबैको हुन्छ ।

झण्डै एक महिनादेखि अमेरिका र बाहिर रहेका क्रिश्चियन धर्मावलम्बीहरू यस पर्वको अवसरमा घुमफिर गर्ने, उपहारहरू आदानप्रदान गर्ने र शुभकामना आदानप्रदान गरेर मनाउँदैछन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>