थप समाचारबुधबार, पौष ९, २०७१

‘सेभेन समीट’ मा नेपाली ‘वुमेन टीम’

हिमालखबर

सन् २००८ मा सगरमाथाको सफल आरोहणबाट शुरु भएको ‘सेभेन समीट वुमेन टीम’ ले २३ डिसेम्बर २०१४ मा अन्टार्टिकाको भिन्सन शिखर (४८९२ मीटर) काे सफल अाराेहण गरेका छन् ।

seven summit

टोलीका सदस्दहरु शैली बस्नेत, आशाकुमारी सिंह, माया गुरुङ्ग, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा, पूजन आचार्य र पेमादिकी शेर्पा ।

संसारका सातै वटा महादेशकाे सर्वाेच्च शिखरहरु सफल अाराेहण गर्ने याे पहिलाे समावेशी महिला टाेली हाे । टोलीकी टीम लिडर शैली बस्नेतले २३ डिसेम्बर दिउँसो तीन बजे भिन्सन शिखरको सफल आरोहण गरेको हिमालखबरसँग बताइन् ।

यो टोलीले ‘शिक्षा, सशक्तिकरण तथा वातावरण’ को सन्देश लिएर अष्ट्रेलियाको कोजिअस्को (२,२२६ मीटर), युरोपको एल्बु्रस (५,६४५), अफ्रिकाको किलिमञ्जारो (५,८९५), दक्षिण अमेरिकाको अकन्कागुवा (६,९३६) र उत्तर अमेरिकाको डेनाली (४,६२९) हिमालको सफल आरोहण गरिसकेको छ।

यसअघि, ६ जुलाई २०१४ मा क्यानडाको टोरोन्टोमा लायन्स क्लब इन्टरनेशनलको ९७ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैथियो। २०९ मुलुकबाट आएका प्रतिनिधिबीच सात जना नेपाली चेली मञ्चमा देखिए– जो भर्खरै उत्तरी अमेरिकाको सर्वोच्च शिखर डेनाली आरोहण गरेर फर्केका थिए।

संसारका सातै महादेशका सर्वोच्च शिखरमा पाइला राख्ने अभियानमा जुटेका ‘सेभेन समिट वुमन टीम’का यी सदस्यहरुले १५ हजार जनाको सहभागिता रहेको उक्त सम्मेलनमा आफ्नो आरोहण अनुभव प्रस्तुत गरेका थिए।

टोरोन्टो सम्मेलनमा सर्वोच्च शिखर सगरमाथासहित ६ महादेशका उच्च शिखर टेकिसकेको नेपाली चेलीहरुको प्रेरणादायी सफलता र साहसिक कथाको खुलेर प्रशंसा गरेका लायन्स अध्यक्ष जोसेफ प्रेस्टनले ७ असोजमा नेपालमै आएर टोलीलाई हौसला दिएका थिए ।

टोलीमा शैली बस्नेत, आशाकुमारी सिंह, माया गुरुङ्ग, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा, पूजन आचार्य र पेमादिकी शेर्पा छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>