थप समाचारबुधबार, पौष ९, २०७१
असममा चरमपन्थीको आक्रमणमा परी ५२ को मृत्यु
भारतको असममा चरमपन्थीको आक्रमणमा परी ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । असमको सोनितपुर र कोकराझार जिल्लामा ८ पुसमा चरमपन्थीले सर्वसाधारणलाई आक्रमण गरेका हुन् ।
असम प्रहरीले प्रतिबन्धित संगठन एनडीएफबीले आक्रमण गरेको बताएको बीबीसीले जनाएको छ । प्रहरीको कारबाहीमा संगठनका दुई नेता मारिएको बदलामा एनडीएफबीले सर्वसाधारणलाई निशाना बनाएको हुनसक्ने प्रहरीले बताएको भारतीय संचारमाध्यमले जनाएका छन् । मारिनेमा अधिकांश चिया बगानमा काम गर्ने आदिवासी रहेका छन्।
एनडीएफबी असममा छुट्टै राज्य माग गर्दै भूमिगत आन्दोलन गरिरहेको संगठन हो। जसले बोडो आदिवासी र मुसलमानलाई निशाना बनाउने गरेको छ।
यसैबीच, असमका मुख्यमन्त्री तरुण गागोइले यस्तो आक्रमणकारी सामु सरकारले नझुक्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
