थप समाचारबुधबार, पौष ९, २०७१

नागरिकतामा आमाको पहिचान कायम गर्न दबाब

हिमालखबर

नागरिकतामा आमाको पहिचान कायम गर्न दबाबनागरिकताको अधिकारसम्बन्धी नागरिक समाज सञ्जालले नयाँ संविधानमा आमाको नामबाट नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न दबाब दिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने हक सुनिश्चित हुनुपर्ने भन्दै सञ्जालले ९ पुसमा माइतीघरदेखि संविधानसभा भवन नयाँ बानेश्वरसम्म शान्तिपूर्ण र्‍याली निकालेको छ ।

सञ्जालले विभिन्न १३ जिल्लाबाट संकलन गरेको हस्ताक्षर पनि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई बुझाएको छ । सञ्जालले नयाँ संविधानमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आएको छ ।

र्‍यालीमा महिला, कानून र विकास मञ्च, माइती नेपाल, इन्सेक, जागरण नेपाल, आत्वीन, पौरखी, दलित गैरसरकारी महासंघ लगायतका संस्थाका प्रतिनिधि उपस्थित थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>