थप समाचारबिहीबार, पौष १०, २०७१

बारा गढीमाइमा दुघटना हुँदा २ को मृत्यु

हिमालखबर

वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको पथलैया नजिक गढीमाई नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १० पुस बिहान भएको दुर्घटनामा वीरगन्ज उपमहानगरपालिकाका २५ वर्षका रवीन्द्र गुप्ता र २७ वर्षका सन्तोष यादवको मृत्यु भएको हो ।

गढीमाई नगरपालिकामा पर्ने १६ किलोमिटरको जङ्गलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पथलैयाबाट निजगढ जाँदै गरेको ना १२ प २१५० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ३१० नम्बरको बसले ठक्कर दिएको हो ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय निजगढमा राखिएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>