खेलकुदशनिबार, आश्विन २७, २०६९
एनसेल कपको उपाधि मनाङ मस्र्याङ्दीलाई
राजधानीमा २७ असोजमा भएको फाइनल खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) मनाङका अगाडि निरीह देखियो । आरसीटीलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै मनाङ्ले उपाधिमाथि कब्जा जमाएको हो ।
विजयी टीमका कप्तान अनिल गुरुङले चार गोल गरे । मनाङका लागि मविले लेवनेल स्टेफेन र सुलभ मास्केले थप एक एक गोल गरेका थिए । आरसीटीका ओदीपो ओवाले अफिजले सान्त्वना गोल गरे ।
उपाधि चुमेको मनाङले रु. १५ लाख र उपविजेता आरसीटीले रु सात लाख नगद प्राप्त गरे । अन्तिम चारमा पुग्न सफल नेपाल प्रहरी र मध्यपुर युथ एसोसिएसनले जनही रु. एक लाख ५० हजार प्राप्त गरे ।
ए डिभिजन लिगका १६ क्लबले प्रतिस्पर्धा गरेका प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित मनाङका शिव श्रेष्ठ यामाहा मोटरसाइकल र उत्कृष्ट डिफेन्डर मनाङका सविन्द्र श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मनाङका कृष्ण थापा, उत्कृष्ट गोलकिपर मध्यपुर युथ एसोसिएसनका विकेश कुथु र उत्कृष्ट मिडफिल्डर आरसीटीका अमर डङ्गोलले जनही रु. ७५ हजार नगद पुरस्कार हात पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
