थप समाचारशुक्रबार, पौष ११, २०७१
नवलपरासीमा गाडी दुर्घटना हुँदा २ को मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला जङ्गलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३२ प ३३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ८४२५ नम्बरको ट्रक १० पुस राति एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइलक चालक नवलपरासी नयाँबेलाहानी–८ का भूपा कोइरालाको घटनास्थलमै र प्रेम कोइरालाको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
