Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आगलागीबाट एक करोड बढीको क्षति - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष ११, २०७१

आगलागीबाट एक करोड बढीको क्षति

हिमालखबर

aaglagi1इलामको पश्चिमी जीतपुर र साङरूम्वा गाविसको बीचमा पर्ने जीतपुरे बजारमा १० पुस राति आगलागी हुँदा करिब एक करोड भन्दा बढीको क्षति भएको छ ।

आगलागीबाट कर्णबहादुर मगरको रु ५० लाख भन्दा बढी, तिलबहादुर र राम तामाङको रु ३०/३० लाख भन्दा बढी क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कर्णबहादुर र रामको घरमा सामान्य होटल किराना तथा तिलबहादुरको किराना पसल थिए ।

कर्णबहादुरको घरबाट एक्कासी करेन्ट सर्ट भई आगलागी हुँदा राम तामाङ र तिलबहादुर तामाङको घर जलेर नष्ट भएका हुन् ।

“अचानक आगलागी सुरू भएपछि केही निकाल्न पाईएन्” पीडित कर्णबहादुरले भने, “जीवनभर कमाएको सम्पत्ति क्षणभरमै खरानी भयो ।”

बेलुका ८ः०० बजेदेखि शुरू भएको आगलागी राति ११ बजे इलाम सदरमुकामबाट गएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घरबारबिहीन बनेका पीडित छिमेकीको शरणमा बसेका छन् । पीडितलाई नेपाल रेडक्रस सोसाईटीले राहत सामग्री वितरण गर्ने जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>