थप समाचारशुक्रबार, पौष ११, २०७१

२१ वर्षअघि देश जोडेको पुल

हिमालखबर

– चन्द्रकिशोर

२१ वर्षअघि देश जोडेको पुलमहाकालीबाट १२६ किलोमिटर पूर्व चिसापानीमा कर्णाली नदीमाथि यो पुल बनेको २८ मंसीर २०७१ मा ठ्याक्कै २१ वर्ष भयो। एक खम्बे विशाल टावरमा अडिएको यो पुलले चिसापानीलाई नेपालकै एक दर्शनीय स्थल बनाउनु बिल्कुलै स्वाभाविक थियो र बनायो पनि। तर, यसको खास महत्व चाहिं कर्णालीले तराई छोएको यो ठाउँलाई थप मनोहरी बनाउनुमा भन्दा नेपाल ‘एकीकरण’ गर्नुमा छ।

वास्तवमा, कर्णाली पुल निर्माण आधुनिक नेपालको एउटा ऐतिहासिक परिघटना थियो। यो पुल नबन्दासम्म विशाल इतिहास–संस्कृतिसहितको भौगोलिक–प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण नौ जिल्लाको सुदूरपश्चिमाञ्चल कर्णाली पूर्वको नेपालबाट अलग–थलग जस्तो थियो।

सिंगो सुदूरपश्चिमाञ्चल नेपालबाट टाढा र छिमेकी भारतसँग नजिक जस्तो थियो। यही एउटा पुलको निर्माणले सुगौली सन्धिपछिको १९८ वर्षभन्दा लामो त्यो स्थितिलाई तोड्दै कर्णाली पूर्व र पश्चिमको नेपाली समाजलाई जोडिदियो।

२१ वर्षअघि देश जोडेको पुल२१ वर्षअघि देश जोडेको पुलयो पुल बन्नुअघि सुदूरपश्चिमाञ्चलवासीले गुलरिया, नेपालगञ्ज वा काठमाडौं जानुपर्दा भारतको बाटो समात्नुपर्थ्यो। कर्मचारीहरु सुदूरपश्चिमाञ्चल सरुवालाई सजाय ठान्थे। तर, केबुल स्टेड डिजाइनको ५०० मिटर लामो यो पुलले त्यस्ता कठिनाइहरुलाई अतीतको कुरा बनाइदियो।

चिसापानीभन्दा तल कोठियाघाटमा हालसालै १०१५ मिटर लामो अर्को पुल थपिनुलाई अर्को सुखद् घटना मान्नुपर्छ, जसले ‘टापु’ का रूपमा रहेका बर्दियाका ११ गाविसलाई जोडेको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>