रमझमशुक्रबार, पौष ११, २०७१
सञ्जयदत्त भन्छन, ‘मैले जेलबाटै पीके को प्रमोशन गरें’

पत्नी मान्यता र जुम्ल्याहा छोरा छोरीका साथ सञ्जय दत्त । तस्वीर: एएफपी
जेलबाट १४ दिनको विदामा घर आएका भारतीय अभिनेता सञ्जय दत्तलाई आमिर खानले फिल्म ‘पीके’ देखाएका छन् ।
पीकेको स्पेशल स्क्रीनिंगमा फ़िल्मका निर्माता विधु विनोद चोपड़ा र निर्देशक राजकुमार हीरानी पनि सहभागी थिए ।

फिल्क पीके हेरेपछि पत्रकारसँग कुरा गर्दै सञ्जय दत्त । साथमा अामिर खान । तस्वीर: एएफपी
फिल्म हेरिसकेपछि पत्रकारसँग कुरा गर्दै सञ्जय दत्तले भने, “फिल्म असाध्यै मन पर्यो, मेरो रोल छोटो भए पनि निकै महत्वपूर्ण छ ।”

पीकेका निर्देशक राजकुमार हिरानी र निर्माता विधुविनोद चोपडाका साथ सञ्जय दत्त । तस्वीर: एएफपी
उनले आफूले जेलबाटै पीकेको प्रवद्र्धन गरेको पनि बताए । भने, “मैले साथी क़ैदिहरुसँग आफन्तलाई चिट्ठी मार्फत पीके हेर्ने आग्रह गर्न भनेको थिएँ । मैले आफ्नो भागको प्रमोशन यसरी नै गरें ।”
एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
