खेलकुदशुक्रबार, पौष ११, २०७१
ह्युजको सम्मानमा नेपालले प्रस्ताव गरेकोे कार्यक्रम स्वीकृत, नेपाल र अष्ट्रेलियाबीच खेल हुने
खेलका क्रममा बलले लागेर मृत्यु भएका अष्ट्रेलियाली क्रिकेटर फिलिप ह्युजको सम्मानमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रस्ताव गरेको कार्यक्रमलाई ह्युजका परिवारले स्वीकृति दिएका छन् ।
क्यानले क्रिकेट अष्ट्रेलिया समक्ष ह्युजले खेल्ने गरेको ब्याटलाई सगरमाथा शिखरमा पुर्याउने र नेपाल र अष्ट्रेलियाबीच ६३ ओभरको खेल नेपालमा खेल्ने प्रस्ताव गरेको थियो ।
क्रिकेट अष्ट्रेलियाले ह्युजको ब्याट सगरमाथा शिखरमा पुर्याउने नेपाली प्रस्तावलाई ह्युजका परिवारसमक्ष राखेपछि उनको परिवारले स्वीकृति दिइसकेको जनाएको छ ।
अष्ट्रेलियाबाट प्रकाशित हुने ‘द टेलिग्राफ’ का अनुसार आगामी वैशाखमा ह्युजको ब्याटलाई सगरमाथा पुर्याउने र नेपाली र अष्ट्रेलियाली टोलीबीच नेपालमा ६३ ओभरको क्रिकेट खेलिने छ ।
क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले खेलको मिति र अष्ट्रेलियाली टोलीमा सहभागी हुने खेलाडी बारे टुंगो नलागेकोे भए पनि अष्ट्रेलियाले नेपालमा हुने खेलबारे सहमति जनाएको जानकारी दिएकी छन् ।
क्रिकेट अस्ट्रेलियाका अध्यक्ष वाली एडवर्डले फिलिप ह्युजको सम्मानमा नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको कार्यक्रमले आफ्नो मन छोएको र आफूले सक्दो सहयोग गर्ने बताएको ‘द टेलिग्राफ’ ले उल्लेख गरेको छ ।
एडवर्डले नेपाली क्रिकेट संघले आफूलाई खेल शुरु हुनुअघि फिलिपको सम्मानमा दीप प्रज्वलन गर्न दिएको निम्तोे पनि पढेर सुनाएका थिए ।
उनले भने, “हामीले फिलिपको ब्याट, जर्सी र क्रिकेट अष्ट्रेलियाको झण्डालाई सगरमाथा शिखरसम्म पु¥याउन आवश्यक सहयोग गर्ने छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
